close

प्राकृतिक प्रकोपको जोखिमबाट बच्न अनलाइन कोर्स सञ्चालन गर्दै सरकार, कसरी लिने ?

टेकपाना टेकपाना

असार २३, २०८१ १३:७

प्राकृतिक प्रकोपको जोखिमबाट बच्न अनलाइन कोर्स सञ्चालन गर्दै सरकार, कसरी लिने ?

काठमाडौं । बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोप सम्बन्धी विभिन्न जानकारी दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनलाइन लर्निङ पोर्टल सञ्चालन गरिरहेको छ । विपदको बारेमा धेरथोर ज्ञान भए यस्ता जोखिमबाट बेलैमा बच्न सकिन्छ ।

यसमा उपलब्ध कोर्सको अध्ययन सकिएपछि सिकाइको स्तर जाँच्न परीक्षा पनि हुन्छ, जुन आफैंले गर्न सकिन्छ । र, आवश्यक नम्बर ल्याएपछि प्रमाणपत्र पनि प्राप्त सकिन्छ । आज हामी प्राधिकरणले चलाएको ई-लर्निङ प्लेटफर्ममा कसरी अध्ययन गर्ने भन्नेबारे जानकारी दिने छौं:

-सबैभन्दा सुरुमा प्राधिकरणको ई-लर्निङ साइटमा जानुहोस् । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

-अब दायाँ भागको माथिल्लो भागमा भएको 'क्रियट अन अकाउन्ट'मा क्लिक गर्नुहोस् ।

-अब युजर नेम, पासवर्ड, इमेल एड्रेस, ठेगाना लगायतका विवरण हाल्नुहोस् । यसपछि तपाईंको अकाउन्ट सिर्जना हुन्छ ।

-अब माथिको भागमा कोर्स, अबाउट अस र कन्ट्याक्ट अस भन्ने विकल्प छ । ती मध्ये कोर्समा क्लिक गर्नुहोस् । 

-त्यहाँ तपाईंले विभिन्न कोर्स देख्न सक्नुहुन्छ । अब ती मध्ये कुनै एकमा क्लिक गर्नुहोस् । 

 

-मानौं, 'बाढी जोखिम न्यूनीकरण तथा व्यवस्थापन' छान्नुभयो । अब नयाँ इन्टरफेस खुल्छ । त्यहाँ भएको 'इनरोल मी'मा क्लिक गर्नुहोस् ।

 

-अब तपाईंले कोर्सबारे आधारभूत जानकारी पाउनुहुन्छ । जस्तो; अवधि, सीप स्तर, भाषा, सिकाइका उद्देश्य, लक्षित दर्शक आदि । कोर्स सुरु गर्न भने मोड्युल १ मा क्लिक गर्नुपर्छ । त्यहाँ छेवैमा तपाईंले केके गर्नु पर्छ भनेर भनिएको हुन्छ । यति गरेपछि अर्को पेज खुल्छ ।  त्यहाँ कोर्सबारे आधारभूत जानकारी पाउनुहुन्छ । र पढाइ सुरु गर्न 'इन्टर'मा क्लिक गर्नुहोस् ।

 

-यसपछि नयाँ पप-अप विन्डोमा कोर्स सुरु हुन्छ । यसमा तपाईंले भिडिओ हेर्ने र त्यसका आधारमा प्रश्नोत्तर गर्ने काम गर्न सक्नुहुन्छ ।

यसरी तपाईंले प्राधिकरणको ईलर्निङ प्लेटफर्मबाट विपद सम्बन्धी विभिन्न कुरा सिक्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार २३, २०८१ १३:७