close

लुयान इलेक्ट्रिक स्कुटरमा मनसुन अफर, १० हजार नगद छुट सहित विभिन्न सुविधा घोषणा

टेकपाना टेकपाना

साउन १, २०८१ १३:३७

लुयान इलेक्ट्रिक स्कुटरमा मनसुन अफर, १० हजार नगद छुट सहित विभिन्न सुविधा घोषणा

काठमाडौं । लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले लुयान मनसुन अफर ल्याएको छ । यस अफर अन्तर्गत लुयानको कुनै पनि मोडेलको विद्युतीय स्कुटर खरिद गर्दा १० हजार रुपैयाँ छुट तथा अन्य सुविधा पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मनसुन अफर अवधिभर ग्राहकले एउटा प्रिमियम हेलमेट र एउटा रेनकोट नि:शुल्क पाउनेछन् भने चालु आर्थिक वर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टमा वारेन्टी पाउनेछन् ।

साथै पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान सकिने विकल्प समेत छ । जसमा ‍कम्पनीले फाइनान्स सुविधा पनि उपलब्ध गराउने छ ।

यो अफर कम्पनीको मुख्य शोरुम नागपोखरी लगायत अन्य शोरुम तथा डिलरबाट पनि पाउन सकिन्छ ।

लुयान ब्राण्डका स्कुटरहरूमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको छ, जसले स्कुटरको तान्ने क्षमता र मोटरको आयु बढाउने बताइएको छ ।

आईपी६७ रेटेड वाटर एण्ड डस्ट रेसिस्टेन्स भएकाले वर्षामा पनि सजिलै चलाउन सकिने कम्पनीको भनाइ छ । यसमा ओरालोमा चलाउँदा आफैं ब्याट्री चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ्ग सिस्टम जस्ता फिचर रहेका छन् ।

पछिल्लो अध्यावधिक: साउन १, २०८१ १३:४९