काठमाडौं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)ले आफ्नो जर्नलमा प्रकाशित गर्न अनुसन्धानात्मक लेख माग गरेको छ । कलेजको आफ्नै जर्नल अफ साइन्स एन्ड टेक्नोलोजी (जेओएसटी)मा प्रकाशित गर्न अनुसन्धानात्मक लेख मागिएको हो ।
कलेजले आउँदो १४ भदौमा 'कन्फ्रेन्स अन इनोभेसन इन कम्प्युटिङ, साइन्स, इन्जिनियरिङ एन्ड टेक्नोलोजी' (आईसीएसईटी २०२४) नामक सम्मेलन आयोजना गर्दै छ । जसमा अनुसन्धानकर्ताहरूले आफ्नो अनुसन्धान प्रस्तुत गर्ने छन् । त्यसैका लागि कलेजले अनुसन्धानात्मक लेख आह्वान गरेको हो ।
कलेजका अनुसार उनीहरूले कम्प्युटिङ (डेटा साइन्स एन्ड बिग डेटा एनालिटिक्स, आईओटी एन्ड सिग्नल प्रोसेसिङ, सफ्टवेयर इन्जिनियरिङ एन्ड डेभलपमेन्ट), इन्जिनियरिङ (जियोटेक्निकल, ट्रान्सपोर्टेसन, वाटर रिसोर्सेस, कन्स्ट्रक्सन), साइन्स एन्ड म्याथम्याटिक्स (म्याथम्याटिक्स एन्ड कम्प्युटिङ, इन्जिनियरिङ एजुकेसन) लगायतका क्षेत्रमा अनुसन्धानात्मक पत्र लेख्न सक्ने छन् ।
इच्छुक सहभागीले लेखसार अथवा पूरा लेख १५ साउन भित्र बुझाइ सक्नु पर्नेछ । कलेजका प्रधानाध्यापक निरञ्जन खकुरेलका अनुसार यसमा संसारभरबाट जोकोही अनुसन्धानकर्ता सहभागी हुन सक्ने छन् । त्यस्तै कन्फ्रेन्समा छनोट भएका सबै लेख जर्नल अफ साइन्स एन्ड टेक्नोलोजी (जेओएसटी) मा प्रकाशित हुने समेत उनले बताए ।
यसबारे बुझ्न यहाँ र आफ्नो अनुसन्धान पत्र पठाउन यहाँ क्लिक गर्नुहोस् ।