close

अब १९८ मा कल गरेरै टेलिकमको एफटीटीएच इन्टरनेट तथा टेलिभिजन प्याकेजहरू खरिद गर्न सकिने

टेकपाना टेकपाना

साउन १०, २०८१ १२:८

अब १९८ मा कल गरेरै टेलिकमको एफटीटीएच इन्टरनेट तथा टेलिभिजन प्याकेजहरू खरिद गर्न सकिने

 

काठमाडौं । नेपाल टेलिकमले आफ्नो ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थपेको छ । यसअन्तर्गत मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी एफटीटीएच जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकता अनुसार एफटीटीएच सेवाका प्याकेजहरू परिवर्तन समेत गर्न सक्नेछन् ।

यसैगरी नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बरमार्फत आफ्ना टेलिभिजन सेवा (एनटीटिभी) का ग्राहकका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा (A’la Carte) शुल्क प्रणाली बमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यवस्था गरेको छ ।

ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरू सब्सक्रिप्सन गर्नुका साथै प्याकेज परिवर्तन पनि गर्न सक्नेछन् ।

यस सेवा सञ्चालनसँगै एफटीटीएच सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टरसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भई ग्राहकको समय तथा श्रमको बचत हुने विश्वास कम्पनीको रहेको छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८१ १२:८