काठमाडौं । पानी र विद्युतीय उपकरण एक अर्काको सम्पर्कमा आउने कुरा प्रति मानिसहरूले चनाखो रहनु कुनै अनौठो विषय होइन । किनकि यसले चार्जरमा शर्ट सर्किट हुन सक्ने अथवा अन्य नोक्सानी निम्त्याउन सक्छ ।
तर चिन्ता नलिनुहोस्; विद्युतीय गाडी (ईभी) र घरमा रहने चार्जर प्वाइन्ट पानी प्रतिरोध गर्न सक्ने गरी बनाइएका हुन्छन् । यसको अर्थ तिनीहरूले प्रयोगको दौरान पानीलाई पन्छाउन सक्छन् । यसले ईभी चार्जिङलाई सहज बनाएको छ, किन भने तपाईंलाई वर्षा वा पानी परिरहेको समयमा चार्ज गर्न कुनै शेल्टरको आवश्यकता पर्दैन ।
चाहे तपाईं पानी परिरहेको बेला गाडी चलाउँदै जानुहोस् अथवा पार्किङ गरिएकै स्थानमा पानी परेर गाडी भिजेकै किन नहोस्, तपाईंको ईभी चार्जरमा जोड्दा हुन्छ । यसमा एउटा भने अपवादको अवस्था हुन सक्छः प्रतिकूल मौसम ।
यदि तपाईंलाई बाहिर तिर एकदमै अस्वाभाविक प्रकारको प्रतिकूल मौसम छ, जस्तै कि ठूलो आँधी अथवा हावा हुरी आइरहेको छ भने एक छिन पर्खनु होस् । सामान्य मौसमको अवस्था, जस्तै सामान्यदेखि भारी वर्षाको समयमा भने ईभी चार्ज गर्दा कुनै फरक पर्दैन ।
तर प्रतिकूल मौसमको सामना गर्न सक्ने गरी भने ईभीहरू बनेका हुँदैनन् । पानी परिरहेको बेला घरमा ईभी चार्ज गर्दा हुन्छ ? यदि तपाईंले राम्रोसँग प्राविधिकहरू मार्फत होम चार्जर जडान गर्नु भएको छ भने पानी परिरहेको अवस्थामा पनि तपाईं आफ्नो ईभी घर बाहिर ढुक्का साथ चार्ज गर्न सक्नु हुन्छ ।
यस्ता चार्जरहरू घर बाहिर वा भित्र जता पनि जडान गर्न सकिन्छ । यसको अर्थ तपाईंले घाम लागिरहेको होस् वा पानी परिरहेको नै किन नहोस्, आफ्नो ईभी ढुक्कसँग चार्ज गर्न सक्नु हुन्छ । त्यसले तपाईंको सामानमा कुनै नकारात्मक असर पार्दैन । घरमा वाटरप्रुफ चार्जर हुनु भनेको हल्का फुल्का वर्षाले तपाईंको दैनिक जीवन प्रभावित नहुने कुराको सुनिश्चितता पनि हो ।
बाहिर पट्टि ओसिलो वा भिजिरहेको छ भने पनि तपाईंले आफ्नो विद्युतीय कार निरन्तर चार्जमा राख्न सक्नु हुन्छ ।
पानी परिरहेको समयमा चार्जिङ स्टेसनमा ईभी चार्ज गर्ने कि नगर्ने ?
चाहे तपाईंसँग घरमा चार्जर होस् वा नहोस्, तपाईंले बेला बखत पब्लिक चार्जिङ स्टेसनमा आफ्नो ईभी चार्ज गरिरहनु भएको हुन सक्छ । यदि तपाईं पानी परिरहेको बेला चार्जिङ स्टेसनमा ईभी चार्ज गर्नु सुरक्षित हुन्छ कि हुँदैन भन्ने दुविधामा हुनुहुन्छ भने तपाईंका लागि शुभ समाचार छ ।
पब्लिक चार्जरहरू सामान्यतः बाहिरी वातावरणमा प्रयोग गर्नकै लागि बनाइएका हुन् । त्यसैले तिनले विभिन्न प्रकारको मौसमी अवस्थाको सामना गर्न सक्छन् । पब्लिक चार्जिङ स्टेसनमा हुने र्यापिड, फास्ट र स्लो चार्जर सबै वाटरप्रुफ हुने गर्छन् । खासगरी यस्ता चार्जरहरू खुला स्थानमा राख्नुको कारण पनि त्यही नै हो । यद्यपि, भयानक किसिमको आँधी अथवा ठुलो हावाहुरी चलिरहेको छ भने मौसम सामान्य नभएसम्मका लागि चार्ज गर्न रोक्न सक्नु हुन्छ ।
पानी परिरहँदा अफिसको चार्जरमा जोड्ने कि नजोड्ने ?
कुनै पनि काम गर्ने ठाउँमा बाहिर पट्टि राखिएका चार्जरहरू जस्तोसुकै मौसममा ईभी चार्ज गर्नका लागि सुरक्षित नै हुन्छन् । तपाईंको कार्यालयमा रहेको वाटर-रेजिस्टेन्स चार्जर तपाईंले घाम, पानी वा हिउँ जुनसुकै अवस्थामा पनि प्रयोग गर्न सक्नु हुन्छ । अफिसहरूमा हुने चार्जरका लागि पनि घर तथा सार्वजनिक स्थानमा रहेका चार्जरहरूकै सुरक्षा मापदण्ड अपनाइएको हुन्छ ।
प्रोटेक्टिभ कम्पोनेन्टले कुनै पनि विद्युतीय पार्टलाई पानीको सम्पर्कमा आउन दिंदैन, जसले तपाईं र तपाईंको ईभीलाई नोक्सानी हुनबाट जोगाउँछ ।
चार्जर वाटरप्रुफ हो कि होइन, कसरी थाहा पाउने ?
सामान्यतया प्रोफेसनल किसिमले जडान गरिएका होम चार्जरहरूमा बिल्ट-इन ढङ्गले नै वाटरप्रुफिङ हुन्छ । तिनीहरू उच्च आईपी (इनग्रेस प्रोटेक्सन) रेटिङका साथ आउने गर्छन्, जसले घर बाहिर प्रयोग गर्नका लागि योग्य बनाउँछ । पोड प्वाइन्ट सोलो चार्जरमा ५४ आईपी रेटिङ रहेको हुन्छ, जुन वर्षात र धुलो प्रतिरोधी हुन्छ । मन शान्त बनाउनका लागि आफ्नो होम चार्जर राख्दा सकेसम्म सोझै पानी नपर्ने गरी राख्न सक्नु हुन्छ ।