close

रेन्समवेयर आक्रमणका कारण भारतका झन्डै ३०० बैंकको सेवा प्रभावित

टेकपाना टेकपाना

साउन १७, २०८१ ११:३१

रेन्समवेयर आक्रमणका कारण भारतका झन्डै ३०० बैंकको सेवा प्रभावित

काठमाडौं । भारतको एक प्रविधि कम्पनीमा रेन्समवेयर आक्रमण भएपछि त्यहाँका झन्डै ३०० स्थानीय बैंकको सेवा प्रभावित भएको छ । साना बैंकहरूलाई बैंकिङ प्रविधि प्रणाली प्रदान गर्ने  सी-एज टेक्नोलोजिजमा रेन्समवेयर आक्रमण हुँदा बैंकहरूको भुक्तानी प्रणाली अस्थायी रूपमा बन्द भएको हो । 

नेसनल पेमेन्ट्स कर्पोरेसन्स अफ इन्डिया (एनपीसीआई) ले रिटेल भुक्तानी प्रणालीमा अस्थायी रूपमा सी-एज टेक्नोलोजिजको सिस्टम अलग गरिएको जनाएको छ । यस अवधिमा सी-एज टेक्नोलोजिजले सेवा दिएका बैंकका ग्राहकले भुक्तानी गर्न नपाउने बताइएको छ ।

सेवा अवरुद्ध​ भएकामध्ये अधिकांश साना बैंकहरू हुन्, जसबाट भारतको भुक्तानी प्रणालीको लगभग ०.५ प्रतिशतमात्र प्रभावित हुने एनपीसीआईले जनाएको छ । तर ​रेन्समवेयर आक्रमणका विषयमा हालसम्म सी-एज टेक्नोलोजिज र रिजर्भ बैंक अफ इन्डियाले कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

भारतमा करिब १५०० ओटा सहकारी र क्षेत्रीय बैंकहरू रहेका छन् । यस्ता वित्तीय संस्या देशका प्रमुख सहरबाहिर सञ्चालित छन् ।

रिजर्भ बैंक अफ इन्डिया र भारतीय साइबर निकायले सम्भावित साइबर आक्रमणका घटनाबारे केही दिनदेखि वित्तीय संस्थालाई सचेत बनाउँदै आएका थिए ।

 सम्बन्धित समाचारः के हो रेन्समवेयर आक्रमण ?

पछिल्लो अध्यावधिक: साउन १७, २०८१ ११:३७