close

च्याटजीपीटी सुविधा भएको अल्टिमा स्मार्टवाच सार्वजनिक, मूल्य ३८ सय रुपैयाँ

टेकपाना टेकपाना

साउन ३१, २०८१ १५:५०

च्याटजीपीटी सुविधा भएको अल्टिमा स्मार्टवाच सार्वजनिक, मूल्य ३८ सय रुपैयाँ

 

काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा सर्कल २.०’ स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले यसलाई अहिलेसम्मकै स्तरीय अल्टिमा स्मार्टवाच भएको दाबी गरेको छ ।

२ भदौदेखि ईसेवा वालेटबाट यो स्मार्टवाच खरिद गर्न सकिनेछ । ४ भदौदेखि भने अल्टिमाको आधिकारिक वेबसाइट, दराज, खल्ती, जीभी, हुकुट स्टोर, ब्रदरमार्ट, नियो स्टोर लगायत देशभरका स्टोरमा यो स्मार्टवाच खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

अल्टिमा सर्कल २.० मा च्याटजीपीटी समेत उपलब्ध छ । स्मार्टवाचमा च्याटजीपीटी इन्टिग्रेट गर्नेमा आफू पहिलो स्वदेशी ब्रान्ड भएको अल्टिमाले जनाएको छ । यसमा च्याटजीपीटी ३.५ भर्सन समावेश छ, जसको सहायताले स्मार्चवाटमै एआई च्याटबटसँग कुरा गर्न सकिन्छ ।

कम्पनीले यस स्मार्टवाचलाई वाटरप्रुफ स्मार्टवाचका रूपमा चिनाएको छ । यसले ३ एटीएम प्रेसरसम्म थेग्न सक्ने कम्पनीको दाबी छ । अर्थात् पानी परेको बेला भिज्दा, पौडी खेल्दा, हात धुँदा स्मार्टवाचमा कुनै असर पर्दैन ।

यसमा १.४३ इन्डको टीआरयू एमोलेड डिस्प्ले रहेको छ । जिङ्क एलोए फ्रेम भएको स्मार्टवाचको अधिकतम ब्राइटनेस १००० निट्स छ । यसले हर्ट रेट, एसपीओ टु, स्लिप, स्ट्रेस र मेन्सुरेसन साइकल मापन गर्न सक्छ ।

ब्लुटुथ कलिङको सुविधा भएको स्मार्टवाचमा स्मार्ट नोटिफिकेसनको सुविधा छ । बढी प्रयोगमा दुईदेखि तीन दिन र सामान्य प्रयोगमा चारदेखि पाँच दिनसम्म यसको ब्याट्री टिक्ने कम्पनीले जनाएको छ । स्ट्यान्डबाई मोडमा भने यसको ब्याट्री ३० दिनसम्म टिक्ने कम्पनीको दाबी छ ।

यसमा ब्लुटुथ भर्सन ५.३, एड्भान्स सिङ्गल सिङ्क ब्लुटुथ कलिङ, इन बिल्ट माइक र स्पिकर, डायलर, १०० बढी स्पोर्ट्स मोड र वायरलेस चार्जिङको सुविधा पनि छ ।

यो स्मार्टवाच आईओएस ८.० र एन्ड्रोइड ५.१ भर्सनमाथिका स्मार्टफोनमा प्रयोग गर्न सकिन्छ । यसमा कम्पनीले एक वर्षको वारेन्टी प्रदान गर्नेछ ।

अल्टिमा फिट एपमा कनेक्ट गरी चलाउन सकिने ‘अल्टिमा सर्कल २.०’ को मूल्य ३७ सय ९९ रुपैयाँ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३१, २०८१ १५:५०