काठमाडौं । आउँदो आइतवारदेखि काठमाडौंमा सुरु हुने साफ यू-२० च्याम्पियनशिप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीमार्फत हुने भएको छ ।
यसअघि एएफसी च्यालेन्ज लिग छनोटअन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीचको खेलको प्रत्यक्ष प्रसारण गरेको एक्सन स्पोर्टस् एचडी च्यानलले अब साफ यू-२० च्याम्पियनशिपका खेल पनि देखाउने भएको हो ।
यस प्रतियोगितामा दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल, श्रीलंका र बंगलादेश समूह 'ए' मा छन् भने भारत, भुटान र माल्दिभ्स समूह 'बी' मा छन् ।