close

च्याटजीपीटीलाई टक्कर दिन आएको ‘जेमिनाई भ्वाइस’ डेमो मै असफल

टेकपाना टेकपाना

भदौ १, २०८१ ११:४५

च्याटजीपीटीलाई टक्कर दिन आएको ‘जेमिनाई भ्वाइस’ डेमो मै असफल

काठमाडौं । मंगलबार गुगलले आफ्नो पिक्सेल नाइन स्मार्टफोन सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको थियो, तर त्यसअघि नै यो सिरिजमा उपलब्ध हुने विभिन्न एआई फिचरहरूको चर्चा सुरु भइसकेको थियो ।

गुगलका प्रतिनिधिहरू जेस कार्पेन्टर र डेभ सिट्रन स्टेजमा आएर एन्ड्रोइडमा जेमिनाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने डेमो देखाउन थाले । डेभले जेमिनाईलाई 'मल्टिमोडल' एआईको रूपमा परिभाषित गर्दै यसले टेक्स्ट, फोटो, भिडिओ जस्ता सामग्रीहरूमा कार्य गर्न सक्ने क्षमता रहेको बताए । जेमिनाईलाई वर्कस्पेस स्टेसनमा सजिलै प्रयोग गर्न सकिने पनि उनले भने । 

तर, जब उनीहरूले डेमो सुरु गरे, समस्या देखियो । डेभले सामसङ एस २४ अल्ट्रा फोन प्रयोग गरी एउटा टाइम टेबलको लिस्टको तस्बिर खिच्दै, 'ओपन जेमिनाई' भनेर आदेश दिए । त्यसपछि ‘टेक अ फोटो’ भन्दै क्यामेरा लिस्टतिर तेर्साए । र, क्यालेन्डर हेरेर उनी (युवती) यस वर्ष सान फ्रान्सिस्को आउँदा आफू फ्रि हुन्छु वा हुँदैन भन्ने सोधे ।

उनले त्यस बेला भनेका थिए, “जेमिनाइले तस्बिरबाट उपयुक्त कन्टेन्ट तान्छ र मेरो क्यालेन्डरमा कनेक्ट गर्छ अनि मैले खोजेको जानकारी दिन्छ ।”

तर जेमिनाईले उनीले खोजेको जानकारी दिन सकेन । दोस्रो प्रयासमा पनि उनी असफल भए । अन्ततः, तेस्रो प्रयासमा अर्को फोन प्रयोग गरी जेमिनाईले सही जवाफ दिन सफल भयो ।

त्यसपछि उनले टिकेट प्राइस चेक गरेर आज राति ७ बजेका लागि रिमाइन्डर राखिदिन अनुरोध गर्छन् । उनका अनुसार जेमिनाई फोनको ‘टास्क’ एपमा कनेक्ट हुन्छ र प्रयोगकर्ताले भनेको जस्तो जानकारी उपलब्ध गराउनुका साथै फोनमै गर्नुपर्ने काम गरिदिन्छ । 

गुगलको एआई प्रविधि पहिलो पटक लाइभ डेमोमा असफल भएको भने होइन । यसअघि पनि जेमिनाईको पहिलेको संस्करण बार्ड सार्वजनिक गर्ने क्रममा गलत जवाफ दिएको थियो, जसले गुगलको शेयरमा ठूलो गिरावट ल्याएको थियो । म्याजिक एडिटर फिचरको डेमोमा पनि गलत ढंगले हट एयर बेलुनको फोटो राखेर फिचरको आलोचना भएको थियो। 

त्यस्तै लाइभमै म्याजिक एडिटर फिचरको चर्चा गर्दा पनि एआईले गलत तरिकाले हट एयर बेलुनको फोटो राख्दा उक्त फिचरको चर्को आलोचना भएको थियो । यसले के देखाउँछ भने जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सले जुनसुकै बेला पनि गलत जवाफ दिन सक्छ । त्यसैले एआईलाई शतप्रतिशत विश्वास गर्नसक्ने अवस्था छैन ।

यता एआईका सन्दर्भमा गुगलको कडा प्रतिद्वन्द्वी ओपनएआईको च्याटजीपीटी भने त्यसरी असफल भएको छैन । एआईले दिने जवाफ, त्यसले राख्ने पूर्वाग्रह, उपलब्ध गराएका विवरणको दुरुपयोग जस्ता विवादमा च्याटजीपीटी मुछिएको भए पनि जुन प्रयोजनका लागि ल्याइएको हो त्यसमा लाइभमै गलत जवाफ दिएको छैन ।

पछिल्लो समय च्याटजीपीटीको प्रिमियम भर्सनले उपलब्ध गराउने फिचर गुगलले निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । फोनमा सम्पूर्ण काम जेमिनाईले नै गर्नसक्ने भएपछि च्याटजीपीटीलाई प्रतिस्पर्धा गर्न सकस पर्ने देखिन्छ । तर, हालसम्म जति भरपर्दो च्याटजीपीटी मानिन्छ, त्यति जेमिनाई मानिंदैन ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८१ १२:५०