काठमाडौं । चिनियाँ विद्युतीय गाडी निर्माचार जिकरको प्रिमियम लक्जरी एसयूभी ‘जिकर एक्स’ (Zeekr X) तातोपानी नाका आइपुगेको छ । ११ भदौदेखि काठमाडौंमा हुने ‘नाडा अटो शो २०२४’ मा प्रदर्शन गर्ने योजनासहित बुधबार बिहान तातोपानी नाका ल्याइएको हो ।
नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनिर मोटो कर्पका अनुसार बिहीवारसम्म यो गाडी काठमाडौं आइपुग्नेछ । यसअघि कम्पनीले जिकर एक्सको दुई ओटा भेरियन्ट नेपाल आउने भन्दै त्यसको मूल्य सार्वजनिक गरेको थियो ।
कम्पनीका अनुसार नेपालमा रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ गरी दुई भेरियन्ट आउनेछन् । रियर ह्विल ड्राइभको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ र अल ह्विल ड्राइभको मूल्य एक करोड ५९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
अहिले तातोपानी नाका आइपुगेको भेरियन्ट रियर ह्विल ड्राइभ हो ।
कम्पनीका अनुसार यस गाडीले ४४५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ । ३.८ सेकेन्डमै शून्यदेखि १०० किलोमिटरको स्पिड पकड्ने जिकर एक्सको अल ह्विल ड्राइभलाई १८० किलोमिटर प्रति घण्टाको स्पिडमा कुदाउन सकिने बताइएको छ ।
५४३ न्युटनमिटर टर्क दिने अल ह्विल ड्राइभ गाडीमा ३१५ किलोवाट क्षमताको मोटर सिस्टम रहेको छ । त्यस्तै रियर ह्विल ड्राइभ भेरियन्टको गाडीमा २०० किलोवाट आवर क्षमताको ब्याट्री रहने छ । यसमा २० इन्चको एलोए ह्विल्स रहेको छ भने रियर ह्विल ड्राइभमा १९ इन्चको ह्विल राखिएको छ ।
दुवै भेरियन्टमा ६९ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ । यस ब्याट्रीलाई स्टान्डर्ड एसी चार्जरको सहायताले चार घण्टामा शून्यदेखि १०० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । १५६६ एमएम उचाइ, ४४३२ एमएम लम्बाइ र २०२५ एमएम चौडाइ भएको गाडीको ह्विलबेस २७५० एमएम रहेको छ ।