close

ढुक्कले अफरोडमा पनि चलाउन सकिने बिजुली गाडी ‘जेको ई सिक्स’, नाडामा किन्दा ३ लाख छुट

टेकपाना टेकपाना

भदौ १२, २०८१ ११:८

ढुक्कले अफरोडमा पनि चलाउन सकिने बिजुली गाडी ‘जेको ई सिक्स’, नाडामा किन्दा ३ लाख छुट

काठमाडौं । नेपाली बजारमा नयाँ बिजुली गाडी ‘जेको ई सिक्स’ सार्वजनिक भएको छ । मङ्गलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ को अवसर पारी एसपीजी अटोमोबाइल्सले यो गाडी सार्वजनिक गरेको हो ।

बजारमूल्य ६९ लाख ९९ हजार रुपैयाँ रहेको जेको ई सिक्समा विशेष अफर घोषणा ल्याइएको छ । यसअन्तर्गत नाडा अटो शोमा यो ईभी तीन लाख छुट सहित ६६ लाख ९९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

४४०६ एमएम लम्बाइ, १९१० एमएम चौडाइ र १७१५ एमएम उचाइ रहेको गाडीको ह्विलबेस २७१५ एमएम रहेको छ ।

यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ । १६२५ एमएम रिअर ट्रयाक रहेको गाडीमा १६२६ एमएमको फ्रन्ट ट्रयाक रहेको छ ।

१३५ किलोवाट क्षमताको मोटर छ रहेको गाडीमा ६९.८ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले फूल चार्जमा ५०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८१ ११:१४