कार दुर्घटनामा आफ्नो निधनको खबर फैलिएपछि नायिका प्रियङ्का कार्कीले भनिन्, ‘म सकुशल छु’
असोज ८, २०८१ १७:४
काठमाडौं । अभिनेत्री प्रियङ्का कार्कीले सामाजिक सञ्जालमा आफ्नो निधनबारे भ्रामक खबर फैलिएपछि खण्डन गर्दै आफू सकुशल रहेको जानकारी गराएकी छिन् ।
मङ्गलबार इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै कार्कीले भनेकी छिन्, “कार दुर्घटनामा मेरो निधन भएको भन्ने भ्रामक समाचार फैलिएको छ । कृपया चिन्ता नलिनुहोला । म पूर्णरूपमा सुरक्षित छु । र ‘ममी’को सेटमा छु ।”
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १८:३९
