close

एनसेलकी विशाखा खड्कालाई 'बेस्ट वुमन सस्टेनेबिलिटी लिडर' अवार्ड

टेकपाना टेकपाना

असोज १९, २०८१ ९:४०

एनसेलकी विशाखा खड्कालाई 'बेस्ट वुमन सस्टेनेबिलिटी लिडर' अवार्ड

काठमाडौं । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्का बेलायतको प्रतिष्ठित ‘वुमन्स ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधामा अवार्ड जितेकी हुन् ।

खड्कालाई सामाजिक क्षेत्रमा पुर्‍याएको महत्त्वपूर्ण योगदान र ती प्रयासहरूको दीर्घकालीन प्रभावको कदरस्वरूप यो अवार्ड प्रदान गरिएको हो । यो सम्मान एनसेलको स्वास्थ्य, शिक्षा, वातावरण, विपद् व्यवस्थापन र पूर्वतयारीका क्षेत्रमा सामाजिक जिम्मेवारीअन्तर्गत गरिएको कार्यहरूको प्रमाण भएको एनसेलले जनाएको छ ।

खड्काले यो उपलब्धि आफ्नो टिमको सामूहिक प्रयासको नतिजा भएको बताउँदै भनिन्, “हाम्रो सामाजिक पहलहरूले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा गर्व छ । एनसेल फाउन्डेसनको सुरुवातसँगै दिगो विकासका लागि समुदायमा सकारात्मक परिवर्तन ल्याउन हाम्रो यात्रा जारी राख्नेछ ।”

एनसेलले एक करोड ३० लाखभन्दा बढी नेपालीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउँदै देशभर १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरिसकेको छ । प्रमुख परियोजनाहरूमा रिङरोडको कोटेश्वर–कलङ्की सडक खण्डमा हरियाली विकास, धुलिखेल अस्पतालसँगको टेलिमेडिसिन कार्यक्रम, ६० सरकारी विद्यालयहरूमा आईटी ल्याब स्थापना र एटीन फर एटीन सामाजिक पहल रहेका छन् ।

१९औं वार्षिकोत्सवको अवसरमा एनसेलले ‘नाइन्टिन फर नाइन्टिन’ नामक नयाँ सामाजिक पहलको घोषणा गरेको छ, जसअन्तर्गत सातै प्रदेशमा १९ सामाजिक परियोजनाहरू सञ्चालन गरिनेछ । एनसेलले सामाजिक परियोजनाहरूमा रु २ अर्बभन्दा बढीको योगदान गरिसकेको छ र यसका लागि दर्जनभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डहरू जितिसकेको छ ।

वुमन्स ट्याब्लोइड अवार्ड्सले महिलाहरूको नेतृत्व, उद्यमशीलता र व्यावसायिक सफलतालाई सम्मान गर्छ । वुमन्स ट्याब्लोइड एक ग्लोबल बिजनेस म्यागेजिन हो, जसले विभिन्न उद्योगमा महिलाहरूले पुर्‍याएका योगदानलाई उजागर गर्छ ।

पछिल्लो अध्यावधिक: असोज १९, २०८१ ९:४४