close

अब क्यूआर स्क्यान गरेरै सरकारी फाइल कहाँ पुग्यो भनेर थाहा पाउन सकिने

टेकपाना टेकपाना

कात्तिक ५, २०८१ १७:४७

अब क्यूआर स्क्यान गरेरै सरकारी फाइल कहाँ पुग्यो भनेर थाहा पाउन सकिने

काठमाडौं । सरकारले क्यूआर कोडमार्फत फाइल ट्रयाकिङ गर्ने प्रणाली लागु गर्ने भएको छ । सोमवार सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

सुरुमा प्रधानमन्त्री कार्यालयबाट क्यूआर कोडमार्फत सरकारी फाइल ट्रयाकिङ गर्ने प्रणालीको परीक्षण थालिने छ । परीक्षणकालपछि आउने सुझावका आधारमा थप परिमार्जन गरी अन्य निकायमा यो प्रणाली प्रयोगमा ल्याउने सरकारको तयारी छ । 

यस प्रणाली लागू भएपछि अधिकारप्राप्त व्यक्तिले कुन फाइल कहाँ छ भन्ने कुरा क्यूआर कोडमार्फत सजिलै थाहा पाउन सक्नेछन् । यो प्रणाली सफल भए आगामी दिनमा निकायहरूबीच फाइल सार्ने काम चाँडो हुने विश्वास गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८१ १८:१