close

गीत वा पडकास्ट सुन्दै निदाउन चाहनेका लागि युट्युबमा आउन थाल्यो ‘स्लिप टाइमर’, तपाईंकोमा आयो ?

टेकपाना टेकपाना

कात्तिक ७, २०८१ ६:५८

गीत वा पडकास्ट सुन्दै निदाउन चाहनेका लागि युट्युबमा आउन थाल्यो ‘स्लिप टाइमर’, तपाईंकोमा आयो ?

काठमाडौं । प्रिमियम प्लानमा मात्र दिने भनिएको 'स्लिप टाइमर' फिचर युट्युबले अन्य प्रयोगकर्ताहरूलाई समेत उपलब्ध गराउन थालेको छ । केही दिनयता विश्वव्यापी रूपमा युट्युबले यो फिचर सबै प्रयोगकर्ताबीच रोल आउट गर्न थालेको हो ।

यससँगै अब नि:शुल्क प्रयोगकर्ताले समेत यस फिचर प्रयोग गर्न पाउनेछन् । आफ्नोमा यो फिचर आए/नआएको हेर्न तपाईंले युट्युबमा कुनै पनि भिडिओ खोलेर सेटिङमा जानुपर्ने हुन्छ । यदि त्यहाँ स्लिप टाइमर आएको छ भने त्यसको विकल्प देख्न सक्नुहुने छ । 

स्लिप टाइमर भनेको प्रयोगकर्ताले आफूले चाहेको समयमा भिडिओ वा म्युजिक पज गर्नसक्ने सुविधा हो । यसमा सबैभन्दा पहिला कति समयपछि भिडिओ पज होस् भन्ने चाहनु भएको छ, त्यो छान्नुपर्ने हुन्छ । त्यसपछि निर्धारित समय पूरा भएपछि भिडिओ आफैं रोकिन्छ ।

अहिले युट्युबमा १०, १५, २०, ३० र ४५ मिनेटको विकल्प दिइएको छ । त्यस्तै एक घण्टा र भिडिओ सकिएपछिको विकल्प पनि दिइएको छ । तर यो फिचर मोबाइल एपमा मात्र उपलब्ध हुन्छ कि वेब भर्सनमा पनि उपलब्ध हुन्छ भनेर युट्युबले केही बताएको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८१ ७:५