काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी)ले आफ्नो इलाकाभित्र पर्ने ट्रेकिङ रुटमा लाउड म्युजिक बजाउन नपाउने नियम ल्याएको छ । यसका लागि एसीएपीले लाउड म्युजिकका लागि प्रयोग हुने स्पिकर लान रोक लगाउने निर्णय गरेको छ ।
योसँगै एसीएपीले चेकपोस्टमै स्पिकर जफत गर्न थालेको छ । स्पिकरको विकल्पमा अब तपाईंले आफ्नो स्मार्टफोनमा नै अफलाइन गीत डाउनलोड गरेर इयरबड्स/इयरफोनमा सुन्न सक्नुहुन्छ ।
लाउड म्युजिक बजाउँदा अन्य पदयात्रीसँगै जीवजन्तुलाई समेत असर पर्ने भएकाले संरक्षित क्षेत्रभित्र स्पिकर प्रतिबन्धमाथि लगाइएको एसीएपीले जनाएको छ ।