close

च्याटजीपीटीमा थपियो च्याट हिस्ट्री सर्च गर्न मिल्ने फिचर

टेकपाना टेकपाना

कात्तिक १६, २०८१ १०:२६

च्याटजीपीटीमा थपियो च्याट हिस्ट्री सर्च गर्न मिल्ने फिचर

काठमाडौं । च्याटजीपीटीमा आफूले गरेको कुराकानी सर्च गर्न मिल्ने फिचर थपिएको छ । हालैको अपडेटमा बट ओपनएआईले हालैको यो फिचर थपेको हो । 

ओपनएआईका अनुसार सुरुमा यो फिचर वेबमा मात्र उपलब्ध हुनेछ । प्रयोगकर्ताले स्क्रिनको माथिल्लो बायाँ भागमा नयाँ च्याट सुरु गर्ने विकल्प नजिक म्याग्निफाइङ ग्लास आइकन देख्न सक्नेछन् । त्यहाँ नै क्लिक गरेर आफ्नो च्याट सर्च गर्न सकिनेछ ।

स्रोत: ओपनएआई

सुरुवाती चरणमा यो फिचर सशुल्क बट चलाइरहेका प्रयोगकर्ताले चलाउन पाउनेछन् । नि:शुल्क प्रयोगकर्ताले पनि चाँडै नै यो सुविधा पाउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८१ १०:२६