close

तिहारलाई लक्षित गर्दै एनसेलले ल्यायो अनलिमिटेड अफर

टेकपाना टेकपाना

कात्तिक १६, २०८१ १४:७

तिहारलाई लक्षित गर्दै एनसेलले ल्यायो अनलिमिटेड अफर

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले तिहार पर्वलाई लक्षित गर्दै विभिन्न अफर ल्याएको छ । कम्पनीले भ्वाइस र डेटामा विभिन्न अनलिमिटेड अफर ल्याएको हो । 

यस अन्तर्गत एनसेलको नेटवर्कभित्र सात दिनसम्म अनलिमिटेड कुरा गर्न सकिन्छ, जसका लागि १४९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसैगरी २८ दिनका लागि ४४९ रुपैयाँ तिरेर अर्को अनलिमिटेड भ्वाइस अफर लिन सकिन्छ ।

त्यसैगरी डेटाका लागि १२५ रुपैयाँमा तीन दिन अनलिमिटेड नेट चलाउन सकिने कम्पनीले जनाएको छ । २८ दिनका लागि अनलिमिटेड डेटा लिन ९९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । 

यस अफर अन्तर्गतका प्याकेज मोबाइलमा *१२३# डायल गरी नौ नम्बर छानेर आफूलाई चाहिने प्याकेज लिन सकिन्छ । साथै एनसेल एपबाट लिन यो सुविधा लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८१ १४:७