close

ह्वाट्सएपमा अब मेसेज सेभ गरेर पछि पठाउन सकिने

टेकपाना टेकपाना

मंसिर २, २०८१ १३:१३

ह्वाट्सएपमा अब मेसेज सेभ गरेर पछि पठाउन सकिने

काठमाडौं । ह्वाट्सएपमा मेसेज ड्राफ्ट गर्ने सुविधा आएको छ । यस फिचरमार्फत प्रयोगकर्ताले लेखेका तर पठाउन बाँकी रहेका मेसेजहरू ड्राफ्टमा सेभ गर्न सकिन्छ । यो फिचरले प्रयोगकर्तालाई मेसेज लेखिसकेपछि तुरुन्त पठाउन नसक्ने अवस्थामा ड्राफ्टमा राखेर पछि पठाउने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताले मेसेज टाइप गरिसकेपछि सेन्ड नगरी ब्याक भएमा मेसेज स्वतः ड्राफ्टमा सेभ हुनेछ । यी ड्राफ्ट गरिएका मेसेजहरू च्याट लिस्टको शीर्ष स्थानमा देखिनेछन्, जसले पछि तुरुन्तै पठाउन सजिलो बनाउनेछ ।

ह्वाट्सएपले यो नयाँ फिचर विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ । यो फिचरले विशेषगरी महत्त्वपूर्ण मेसेजहरू हराउने समस्या समाधान गर्न तथा प्रयोगकर्ताको अनुभव थप सहज बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०८१ १३:२१