काठमाडौं । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच देशभरका १०० स्थानमा डीसी फास्ट चार्जिङ स्टेसन निर्माण गर्ने सहमति भएको छ । आगामी एक वर्षभित्र यो परियोजना सम्पन्न गर्ने लक्ष्यसहित यी दुई समूहबीच हालै साझेदारी भएको हो ।
यस अनुसार देशभरका मुख्य राजमार्गमा चार्जिङ स्टेसन निर्माण हुनेछन् । शारदा ग्रुप निसान, ओमोडा र जाइको र जिकर गाडीको आधिकारिक वितरक हो भने गोल्छा अर्गनाइजेसन नेपालका लागि लिपमोटर, सिट्रोन, प्युजियो र काइको आधिकारिक वितरक हो ।
यो साझेदारीले दुवै समूहका ब्रान्डका ग्राहकलाई सुविधाजनक सेवा पुर्याउने विश्वास दिलाएको छ । विद्युतीय सवारीको बढ्दो लोकप्रियतासँगै दुई ठूला व्यापारिक घरानाबीच भएको सम्झौता अर्थपूर्ण हुने विश्वास लिइएको छ ।