काठमाडौं । बीवाईडी विश्वव्यापी रूपमा एक करोड एनईभी उत्पादन गर्न सफल भएको छ । कम्पनीले आफ्नो ३० औँ वार्षिकोत्सवको अवसरमा यो आँकडा पार गरेको जानकारी दिएको हो ।
यसै अवसरमा बीवाईडी र साईमेक्स इन्कले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को ठुलो उपलब्धी समेत हासिल गरेको छ । यस उपलब्धिले बीवाईडीको विश्वव्यापी अटोमोटिभ इन्डस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ ।
वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधान प्रतिको रुचि र बीवाईडीको प्रविधिमाथि ग्राहकहरूको विश्वास प्रस्ट्याउँछ।
विश्वव्यापी रूपमा, बीवाईडी १ करोड एनईभी उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ । जसले नवप्रवर्तन, दिगोपन र शून्य उत्सर्जन तर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गर्दछ।
नेपालमा बीवाईडीका एट्टो ३, डल्फिन र सिल जस्ता आधुनिक मोडेलहरू अहिले बजार लिइरहेका छन् । यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर, र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परिरहेका छन्।
“बीवाईडी को ३० औँ वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो । यो हाम्रो टोलीको मेहनत र ग्राहकहरूको विश्वासको प्रमाण हो । सँगसँगै, हामी नेपालको दिगो यातायाततर्फ यात्राको गति बढाउँन मद्दत गर्दैछु,” साईमेक्स इन्कका नेसनल सेल्स प्रमुख अशुतोष गौतमले भने ।
बीवाईडी र साईमेक्सले यस महत्त्वपूर्ण उपलब्धि मनाउँदै नवप्रवर्तन, पूर्वाधार विस्तार, र समुदाय–केन्द्रित पहलहरू मार्फत नेपालमा हरित यातायातलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ ।