close

सामसङको एनपीएल विशेष अफरः टिभीमा ३१ प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

मंसिर २०, २०८१ १९:३

सामसङको एनपीएल विशेष अफरः टिभीमा ३१ प्रतिशतसम्म छुट

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै सामसङले नयाँ योजना ल्याएको छ । यसअन्तर्गत कम्पनीले आफ्ना टिभीमा ३१ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।

अफरमा क्यूएलईडी टिभी, क्रिस्टल यूएचडी फोरके टिभीहरू र एफएचडी टिभीका इमर्सिभ रेन्जहरू समावेश गरिएको छ । ग्राहकले १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरमा आफूलाई मन परेको टिभी ईएमआईमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामसङको इन्स्टा-फाइनान्स सेवा मार्फत आधिकारिक स्टोरबाट टिभी खरिद गर्न सकिने छ ।

साथै, सामसङले आफ्नो एक्सचेन्ज पार्टनर अर्कोस्टोरमार्फत ग्राहकलाई पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी किन्ने सुविधा पनि प्रदान गरेको छ । यो अफर १६ पुससम्म मान्य हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८१ २१:१८