close

अमेरिकी राष्ट्रपति निर्वाचनपछि एलन मस्कको सम्पत्ति १६० अर्ब डलरले बढ्यो

टेकपाना टेकपाना

पुस २, २०८१ १४:५

अमेरिकी राष्ट्रपति निर्वाचनपछि एलन मस्कको सम्पत्ति १६० अर्ब डलरले बढ्यो

काठमाडौं । एलन मस्कको सम्पत्ति ४६औं अमेरिकी राष्ट्रपति निर्वाचन भएयता १६० अर्ब डलरले बढेको छ । ​डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गरेका मस्कको सम्पत्तिमा उछाल आएको हो । 

वासिङ्टन पोस्टका अनुसार चुनावपछि कम्पनीको शेयर मूल्य करिब ७० प्रतिशतले बढेको छ । कम्पनीमा मस्कको १२ प्रतिशत स्वामित्व रहेको छ ।

ब्लूमबर्ग बिलिनियर्स इन्डेक्स अनुसार अहिले मस्कको कुल सम्पत्ति लगभग ४७४ अर्ब डलर पुगेको छ । गत हप्तामात्रै मस्क इतिहासमै पहिलो पटक ४०० अर्ब डलरभन्दा बढी सम्पत्ति हुने पहिलो व्यक्ति बनेका थिए । 

टेस्लाको अतिरिक्त एरोस्पेस कम्पनी स्पेसएक्स पनि मस्कको बढ्दो सम्पत्तिको प्रमुख स्रोत बनेको छ । पछिल्लो समयमा स्पेसएक्सले कम्पनीको मूल्य दोब्बर बनाउने दाबीका साथमा नयाँ योजना ल्याएको छ । ​

चुनाव जिताउन महत्त्वपूर्ण भूमिका निभाएका मस्कलाई ट्रम्पले डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सीको नेतृत्व गर्न जिम्मा दिइसकेका छन् । यिनै कारण आगामी दिनमा मस्कले अमेरिकी सरकारबाट अर्बौं डलरको सम्झौता र अनुदान पाउने सम्भावना रहेको छ । जसले उनको सम्पत्ति बढ्न सक्नेछ ।
 

पछिल्लो अध्यावधिक: पुस २, २०८१ १४:३४