close

एप्पललाई पछि पार्दै ह्वावे बन्यो विश्वकै नम्बर एक स्मार्टवाच ब्रान्ड

टेकपाना टेकपाना

पुस ५, २०८१ १३:२२

एप्पललाई पछि पार्दै ह्वावे बन्यो विश्वकै नम्बर एक स्मार्टवाच ब्रान्ड

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले एप्पललाई पछि पार्दै विश्वकै नम्बर एक स्मार्टवाच ब्रान्डको उपाधि जितेको छ । ​इन्टरनेसनल डेटा कर्पोरेसन (आईडीसी)को पछिल्लो रिपोर्ट अनुसार सन् २०२४ को पहिलो नौ महिनामा स्मार्टवाच शिपमेन्टमा ह्वावे शीर्ष ब्राण्ड बनेको हो ।

स्मार्टवाच र फिटनेस ब्यान्डको माग विश्वभर घटेपनि चीनमा २० प्रतिशतले शिपमेन्ट बढेको रिपोर्टमा उल्लेख छ । बजारमा ह्वावेका जीटी फाइभ र जीटी फाइभ प्रो जस्ता स्मार्टवाचको माग बढ्दो छ ।

अमेरिका, भारतजस्ता ठूला बजारमा ह्वावेको प्रभाव कम हुँदै गएपनि एसिया-प्यासिफिक, ल्याटिन अमेरिका र मध्यपूर्वमा कम्पनीको उपस्थिति मजबुत बनेको छ । 

पछिल्लो अध्यावधिक: पुस ५, २०८१ १३:२७