close

एआई सुविधा सहित सामसङका नयाँ वासिङ मेसिन नेपाली बजारमा, मूल्य कति होला ?

टेकपाना टेकपाना

पुस २१, २०८१ १३:५६

एआई सुविधा सहित सामसङका नयाँ वासिङ मेसिन नेपाली बजारमा, मूल्य कति होला ?

काठमाडौं । सामसङले नेपाली बजारमा १२ केजी क्षमताका दुई नयाँ बिस्पोक एआई वासिङ मेसिन भित्र्याएको छ । स्मार्टफोनमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने यी मेसिन एआई इकोबबल जस्ता स्मार्ट प्रविधिमा आधारित रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी मेसिनले आफैँ लुगालाई कस्तो किसिमले धुनुपर्छ भनेर पहिचान गर्न सक्छन् ।

१२ केजीसम्मको क्षमता भएकाले एकैपटक धेरै लुगा छिटो र सुरक्षित रूपमा धुन सकिने कम्पनीको भनाइ छ । वासिङ मेसिन बनाउँदा नै कम ठाउँ ओगट्ने कुरामा ध्यान दिइएको भन्दै कम्पनीले सानो घरमा पनि सजिलै राख्न सकिने जनाएको छ । साथै मेसिनहरूले कम ऊर्जा खपत गर्ने कम्पनीको दाबी छ ।

यसअन्तर्गत बजारमा दुई मोडेलका बिस्पोक वासिङ मेसिन आएका छन्– डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM । यी मोडलको मूल्य क्रमशः एक लाख १४ हजार ९९० रुपैयाँ र एक लाख २० हजार ९९० रुपैयाँ रहेको छ । सामसङका यी नयाँ वासिङ मेसिनहरू नेपालभरिका सामसङका अधिकृत विक्रेताहरूबाट किन्न पाइन्छ ।



 

पछिल्लो अध्यावधिक: पुस २१, २०८१ १४:२२