close

कोशी प्रदेश सरकारको मुख्य डोमेनमा भएका २१ भन्दा बढी वेबसाइट ह्याकरको कब्जामा

टेकपाना टेकपाना

फागुन ४, २०८१ २१:५७

कोशी प्रदेश सरकारको मुख्य डोमेनमा भएका २१ भन्दा बढी वेबसाइट ह्याकरको कब्जामा

काठमाडौं । कोशी प्रदेश सरकारको मुख्य डोमेनमा रहेका २१ भन्दा बढी सबडोमेन वेबसाइटहरू ह्याकरको कब्जामा पुगेका छन् । आफूलाई वाईएनआर (yNR) भनेर चिनाउने ह्याकर समूहले कोशी प्रदेशको मुख्य डोमेन अन्तर्गत रहेका अधिकांश वेबसाइट कब्जामा लिएको हो ।

ह्याकरले १३ फेब्रुअरीमा जोन-एच (Zone-H) पोर्टलमा पोस्ट राख्दै आफूले कोशी प्रदेश अन्तर्गतका विभिन्न सबडोमेन कब्जामा लिएको दाबी गरेको छ । उक्त पोस्टमा २१ ओटा सबडोमेन वेबसाइटहरू रहेको देखिन्छ । 

अधिकांश वेबसाइटहरू जिल्ला वन कार्यालयसँग सम्बन्धित छन् । साइबर सुरक्षा अनुसन्धानकर्ता एवं विश्लेषक रिवस न्यौपानेका अनुसार ह्याकरले मास डिफेन्समेन्ट गरेर वेबसाइट कब्जामा लिएको हो । 

गत डिसेम्बरमा पनि यस समूहले नेपालका विभिन्न सरकारी वेबसाइट ह्याक गरी आफ्नो कब्जामा लिएको दाबी गरेको थियो । पछिल्लो समय नेपालमा सरकारी वेब पोर्टलहरू ह्याकरको निशानामा परेका छन् । 

पछिल्लो अध्यावधिक: फागुन ४, २०८१ २२:८