काठमाडौं । नेटवर्क तथा इन्टरनेट सेवाप्रदायक भायानेटले विभिन्न पदमा १३ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न स्थानमा रहेका आफ्ना कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
यसअन्तर्गत एससेट रिकभरी एक्ज्युकेटिभ पदमा चार जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ । जसमध्ये पानीपोखरी कार्यालयका लागि तीन जना र धनगढी कार्यालयका लागि एक जना रहेका छन् । यो पदका लागि कम्तीमा ६ महिनाको अनुभवसहित कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीको सूचनामा उल्लेख छ ।
हेल्प डेस्क एक्ज्युकेटिभ पदमा पानीपोखरी र भक्तपुर कार्यालयका लागि १/१ जना कर्मचारी माग गरिएको छ । व्यवस्थापन वा कम्प्युटर इन्जिनियरिङमा कम्तीमा स्नातक अध्ययनरत व्यक्तिले यो पदमा आवेदन दिन सक्नेछन् ।
यसैगरी, भायानेटलाई एरिया सेल्स रिप्रेजेन्टेटिभ पदमा पाँच जना कर्मचारीको आवश्यकता छ । यसअन्तर्गत चितवनमा दुई जना, रुपन्देहीको सैनामैना, ललितपुर र पोखरामा १/१ जना कर्मचारी माग गरिएको छ । एसएलसी वा कक्षा १२ उत्तीर्ण गरेका व्यक्तिले यो पदमा आवेदन दिन सक्नेछन् ।
भायानेटले सेल्स कोर्डिनेटर पदमा ललितपुर कार्यालयका लागि एक जना कर्मचारी माग गरेको छ । व्यवसाय प्रशासन वा सम्बन्धित क्षेत्रमा स्नातक उत्तीर्ण गरेको र इन्टरनेट क्षेत्रमा एक वर्षको अनुभव भएका व्यक्तिले यो पदमा आवेदन दिन सक्नेछन् ।
आईबी सेल्स एक्ज्युकेटिभ पदमा बुटवल कार्यालयका लागि एक जना कर्मचारी माग गरिएको छ । व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण गरेका र सम्बन्धित क्षेत्रमा एक वर्षभन्दा बढी अनुभव भएका व्यक्तिले यो पदमा आवेदन दिन सक्नेछन् ।
इच्छुक उम्मेदवारले आगामी चैत ६ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।