close

मनपर्ने रेडियो कार्यक्रम छुट्यो ? चिन्ता नगर्नुहोस्, नेपाली पात्रोमा फेरि सुन्न सकिन्छ !

टेकपाना टेकपाना

फागुन ९, २०८१ १७:१०

मनपर्ने रेडियो कार्यक्रम छुट्यो ? चिन्ता नगर्नुहोस्, नेपाली पात्रोमा फेरि सुन्न सकिन्छ !

काठमाडौं । अब नेपाली रेडियो कार्यक्रमहरू श्रोताहरूले आफ्नो समय अनुसार सुन्न पाउने भएका छन् । नेपालको पहिलो डिजिटल पात्रो ‘नेपाली पात्रो’ ले यो सुविधा थपेको हो । 

नेपाली पात्रो एपमा पछिल्लो ४८ घण्टाभित्रका रेडियो कार्यक्रम उपलब्ध हुनेछन् । कम्पनीका अनुसार श्रोताहरूले आफ्नो मनपर्ने रेडियो स्टेसनको कार्यक्रमहरू सजिलै सुन्न सक्नेछन् । यसको लागि नेपाली पात्रो एप डाउनलोड गरी ‘रेडियो’ फिचरमा गएर आफूले चाहेको रेडियो स्टेसन छनोट गर्नुपर्नेछ । 

रेडियो कार्यक्रमहरूलाई समय अनुसार उपलब्ध गराएर सूचनाको पहुँचलाई थप सहज बनाइएको नेपाली पात्रोले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यो सुविधाले विदेशमा रहेका नेपालीहरूलाई पनि निकै फाइदा पुग्ने कम्पनीको विश्वास छ । 

यस एपमा ४०० भन्दा बढी रेडियो स्टेसनहरू आबद्ध छन् । त्यस्तै एपमा पात्रो, पञ्चाङ्ग, राशिफल, सार्वजनिक बिदाहरू, समाचार लगायतका फिचर समेत छन् ।

पछिल्लो अध्यावधिक: फागुन ९, २०८१ १७:११