काठमाडौं । नियो गेमिङ ईस्पोर्ट्स टिम ‘लियो ईस्पोर्ट्स’ को मुख्य प्रयोजक बनेको छ । नेपाली ईस्पोर्ट्समा आफ्नो संलग्नतालाई थप मजबुत बनाउँदै नियो गेमिङ हालै मात्र लिओ ईस्पोर्ट्ससँग जोडिएको हो ।
यसअघि नियो गेमिङले होरा ईस्पोर्ट्सलाई पनि प्रायोजन गरेको थियो । लियो ईस्पोर्ट्स नेपालको चर्चित पब्जी टिम हो । यो टिम देश-विदेशमा हुने विभिन्न पब्जी प्रतियोगितामा सहभागी हुँदै आएको छ ।
८ फागुदेखि तीन दिनसम्म भएको ईस्पोर्ट्स नेसनल च्याम्पियनशिदेखि नै नियो गेमिङको मुख्य प्रयोजकका रूपमा जोडिएको थियो । यस अन्तर्गत नियो गेमिङले अबको तीन महिनासम्म लिओ ईस्पोर्ट्सलाई प्रयोजन गर्नेछ ।
यो सहकार्यको अवसरमा नियो गेमिङले गेमिङ समुदायका लागि विभिन्न उपहार योजना ल्याउने घोषणा गरेको छ । खासगरी जर्सी र विभिन्न गेमिङ उपकरण गिभअवे गर्ने कम्पनीको योजना छ ।
गेमिङका नयाँ अफर र योजनाबारे जानकारी पाउनको लागि नियो गेमिङको सामाजिक सञ्जाल (इन्स्टाग्राम, फेसबुक) मा फलो गर्न सक्नुहुनेछ ।