काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ । प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै बैंकले सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरू विकासका लागि यो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवा र यसको चुनौतिको समाधान खोज्न समेत सहयोग पुग्ने बैंकको अपेक्षा छ । प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले बैंकले तोकेका विभिन्न विषयमा केन्द्रित रही आफ्ना धारणाहरू प्रस्तुत गर्नुपर्नेछ ।
उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिने बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंक प्रविधि अनुकूल वित्तीय सेवा प्रवर्द्धन गर्न बैंकले आफू प्रतिबद्ध रहेको जनाएको छ । डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन नवीनतम् धारणालाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
प्रतियोगितामा सहभागिता हुन इच्छुकहरूले बैंकको वेबसाइट मार्फत दर्ता गर्नुपर्ने छ ।पहिलो चरणको लागि प्रतियोगीले ४ अप्रिल २०२५ सम्ममा अनलाइन पेपर प्रस्तुत गर्नुपर्ने छ । दोस्रो चरणअन्तर्गत १ मे २०२५ मा अनसाइट ह्याकाथन हुनेछ ।