close

आईटीमा चासो राख्नेहरूका लागि बुटवलमा फागुन २६ र २७ गते ‘बिजनेस टु कस्टमर समिट’ हुँदै

टेकपाना टेकपाना

फागुन २०, २०८१ १८:१४

आईटीमा चासो राख्नेहरूका लागि बुटवलमा फागुन २६ र २७ गते ‘बिजनेस टु कस्टमर समिट’ हुँदै

बुटवल । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीले आगामी फागुन २६ र २७ गते ‘बिजनेस टु कस्टमर समिट’ आयोजना गर्ने भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिइयो ।

क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारीले आईसीटी क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिका बारेमा प्रदर्शनी, जानकारी तथा सरोकारवालाबीच बृहत छलफल गर्न यस्तो कार्यक्रम गर्न लागेको जानकारी दिए ।

समिटमा प्रविधि क्षेत्रमा अध्ययनरत विद्यार्थीदेखि नीति निर्मातासम्म सहभागी हुने बताइएको छ ।

कार्यक्रम संयोजक एवं क्यान महासंघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष वीरबहादुर क्षेत्रीले विगतमा क्यान इन्फोटेक गर्दै आएकोमा यसपटक नयाँ खालको कार्यक्रम ल्याइएको बताए । उनका अनुसार अवलोकनकर्तालाई प्रविधिमा प्रोत्साहित गर्न निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

क्यान रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईले ‘बीटुसी समिट’ मा प्रविधि क्षेत्रका चर्चित ब्रान्ड उपस्थित हुने बताए । सो अवसरमा विभिन्न कार्यक्रम समेत गरिने बताउँदै उनले आईटीमा चासो राख्नेलाई जतिसक्दो सहभागी गराउने लक्ष्य रहेको सुनाए ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०८१ १८:२०