काठमाडौं । साङ्ग्रिला मोटर्स प्रालिले नेपाली बजारमा नयाँ विद्युतीय सवारी लिपमोटर टी०३ सार्वजनिक गरेको छ । मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले यो मोडेल नेपाली उपभोक्ताका लागि उपलब्ध भएको जानकारी दिएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले नेपालमा नवीनतम् र दिगो सवारीसाधन ल्याउने आफ्नो प्रतिबद्धता अनुरूप लिपमोटर टी०३ भित्रिएको उल्लेख गरे ।
यस बिजुली कारमा ३७.३ किलोवाट पावरको ब्याट्री रहेको छ । डब्लूएलटीपी रेन्जअनुसार कम्बाइन्ड साइकलमा कारले २६५ किमि र अर्बन साइकलमा ३९५ किमि रेन्ज प्रदान गर्ने बताइएको छ ।
यसमा स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्न लेभल टु एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स सिस्टम समावेश छ ।
सार्वजनिक समारोहमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लिपमोटर र सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले कार्यक्रममा लिपमोटरको नेतृत्व, उत्कृष्टता र दृढताका बारेमा आफ्नो विचार व्यक्त गरेका थिए ।
नेपाली बजारमा यो गाडीको मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
साङ्ग्रिला मोटर्सले २०१७ देखि प्यूजोको र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता हुँदै नेपालमा विश्व चर्चित सवारीसाधन भित्र्याइरहेको छ । हालै सी१० र लिपमोटर टी०३ को लन्चसँगै नेपाली बजारमा दिगो र प्रविधियुक्त सवारीसाधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धता बलियो भएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।