काठमाडौं । आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले प्रविधिको प्रयोगलाई अभ्यास गर्न थालेको छ । आइतबार राष्ट्रिय सभागृहमा नगर प्रहरी, बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक, प्रशासन विभाग, विपद व्यवस्थापन विभाग, प्रशासन विभाग र सूचना प्रविधि विभागका कर्मचारीसहित ४० जनालाई महानगरले तालिम र अभ्यास गराएको हो ।
तालिम सैद्धान्तिक र प्रयोगात्मक (प्राक्टिकल) गरी दुई चरणमा सञ्चालन गरिएको थियो । सैद्धान्तिक कक्षामा ड्रोन प्रविधि, यसलाई प्रयोग गर्नुअघि प्रोपेलरको परीक्षण र जडान, ड्रोन दर्ता र नियामक निकाय, सञ्चालन प्रक्रिया, प्रयोग गर्न नहुने र सञ्चार समन्वय गरेर मात्र प्रयोग गर्नु पर्ने अवस्था, आपतकालीन अवस्था व्यवस्थापनमा यसको प्रयोग, आगलानी नियन्त्रणमा प्रयोग हुने ड्रोनमा राखिने फायर इस्टिङ्ग्विसर बल, नियमन व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला लगायत विषयमा ज्ञान प्रदान गरिएको थियो ।
यस्तै फायर इस्टिङ्विसर बल राखिएको ड्रोनलाई आगलानी भएको ठाउँमा लैजाने र बल खसाल्ने विधिलाई अभ्यास गराइएको थियो ।
सैद्धान्तिक कक्षामा ड्रोन प्रविधि, यसको प्रयोगअघि प्रोपेलर परीक्षण तथा जडान, ड्रोन दर्ता र नियामक निकाय, सञ्चालन प्रक्रिया, प्रयोग गर्न नहुने अवस्था, सञ्चार समन्वय आवश्यक पर्ने परिस्थिति, आपतकालीन अवस्था व्यवस्थापन, आगलागी नियन्त्रणमा प्रयोग हुने फायर इस्टिङ्ग्विसर बल (fire extinguisher ball) जडान गर्ने विधि तथा नियमन व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिएको थियो ।
त्यस्तै, फायर इस्टिङ्ग्विसर बल जडान गरिएको ड्रोनलाई आगलागी भएको स्थानमा लैजाने र बल खसाल्ने विधि प्रयोगात्मक कक्षामा सिकाइएको थियो । यो अभ्यासका लागि सभा गृहको प्राङ्गणमा राखिएको ड्रममा आगो बालिएको थियो । जसलाई ड्रोनमार्फत फायर इस्टिङ्ग्विसर बल खसाली निभाइएको हो ।
काठमाडौंको घना सहरी क्षेत्रमा आगलागी तथा अन्य विपद्को जोखिम बढ्दो क्रममा छ । विपद् व्यवस्थापन विभागका प्रमुख जगदिश अर्यालका अनुसार बढ्दो चुनौती सामना गर्न प्रविधिको प्रयोग आवश्यक भएकाले यो तालिम सञ्चालन गरिएको हो ।
हाल काठमाडौं महानगरसँग पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने चार ओटा दमकल छन् भने एउटा मर्मत भइरहेको छ । जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जिप उपलब्ध छन् भने आठ ओटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दमकलमा पानी थप्न एउटा पानी ट्याङ्कर रहेको छ । साथै, डुबानका समयमा पानी तान्नका लागि चार ओटा पम्प छन् भने केही उपकरण मर्मत हुँदैछन् ।
आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीहरूमा ड्राइराइजर जडान गरिएको छ । महानगरको विपद् व्यवस्थापन विभाग र वडाहरूको सहकार्यमा अझै केही साँघुरा गल्लीमा यसको जडान प्रक्रिया जारी रहेको महानगरले जनाएको छ ।