close

मोबाइल नेटवर्क छैन ? वाई-फाईबाटै यसरी गर्नुहोस् कल (तरिका सहित)

टेकपाना टेकपाना

फागुन २७, २०८१ १२:४७

मोबाइल नेटवर्क छैन ? वाई-फाईबाटै यसरी गर्नुहोस् कल (तरिका सहित)

काठमाडौं । नेपाल टेलिकमले गत महिनादेखि एनटी भोवाईफाई (VoWiFi-Voice over Wi-Fi) सेवा सुरु गरेको छ ।

यसमार्फत भोवाईफाई सपोर्ट गर्ने र भोल्टे एक्टिभेट भएको कुनै पनि मोबाइलबाट देशभित्र र बाहिरबाट वाईफाई नेटवर्क प्रयोग गरेर कल र एसएमएस गर्न सकिनेछ ।

मोबाइल नेटवर्क कभरेज कमजोर भएका स्थानहरूमा यो सेवामार्फत ग्राहकलाई गुणस्तरीय भ्वाइस र डेटा सेवा पाउने कम्पनीको दाबी छ । 

भोवाईफाई कसरी प्रयोग गर्ने ?

१‍ आईफोनको लागि:

  • Settings > Cellular/Phone > Wi-Fi Calling > ON गर्नुहोस्।

एन्ड्रोइडको लागि:

  • Settings > Connections > VoWiFi/Wi-Fi Calling > ON गर्नुहोस्।

भोल्टे एक्टिभेट गर्नुहोस्

  • यदि VoLTE एक्टिभेट छैन भने, 4442# डायल गरेर एक्टिभेट गर्नुहोस्।

वाईफाई नेटवर्कमा कनेक्ट गर्नुहोस्:

  • वाईफाई नेटवर्कमा कनेक्ट भएपछि तपाईंले एनटी भोवाईफाईबाट कल र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ।

केके छन् भोवाईफाईका फाइदा ?

-एचडी भ्वाइस क्वालिटी ।

-घर वा अफिसको भित्री भागमा मोबाइल नेटवर्क कमजोर भएमा पनि वाईफाईमार्फत कल गर्न सकिने ।

- विदेशबाटै नेपाल टेलिकमको नम्बरबाट कल गर्न र एसएमएस पठाउन सकिने । 

कुनकुन मोबाइल सेटले भोवाईफाई सपोर्ट गर्छन् ?

यो सेवा प्राय अहिलेका पछिल्ला स्मार्टफोनहरूले मात्र सपोर्ट गर्छन् । केही उदाहरणहरू:

-आईफोन: आईफोन एक्सआर र यसपछिका सबै मोडेलहरू (आईओएस नाइन र यसभन्दा नयाँ संस्करण)।

-एन्ड्रोइड: साओमी, सामसङ, वनप्लस, भिभो, ओप्पो, रियलमी लगायतका ब्रान्डका नयाँ मोडेलहरू ।

कति लाग्छ शुल्क ?

-नेपालभित्र: सामान्य भ्वाइस/एसएमएस प्याकेज वा ‘Pay As You Go’ शुल्क लाग्नेछ।

-विदेशबाट: इनकमिङ कल निःशुल्क र आउटगोइङ कलको लागि प्रतिमिनेट रु. ३ शुल्क लाग्नेछ ।

सम्बन्धित समाचारएनसेलले ल्यायो ‘भोवाईफाई’ सेवा, अब वाईफाईबाटै एचडी क्वालिटीको फोन तथा एसएमएस गर्न सकिने

पछिल्लो अध्यावधिक: फागुन २७, २०८१ १२:५०