close

मोबाइल क्यामेराले जेजे देखाउँछ, जेमिनाईले तत्कालै त्यसबारे जानकारी दिने !

टेकपाना टेकपाना

चैत ११, २०८१ १४:२२

मोबाइल क्यामेराले जेजे देखाउँछ, जेमिनाईले तत्कालै त्यसबारे जानकारी दिने !

काठमाडौं । गुगलले आफ्नो एआई टुल जेमिनाईमा रियल-टाइम एआई भिडिओ फिचर ल्याउने तयारी गरेको छ । योसँगै प्रयोगकर्ताले मोबाइलको क्यामेरा प्रयोग गरेर जेमिनाईसँग लाइभ कुरा गर्न सक्नेछन् ।

‘प्रोजेक्ट अस्त्र’ अन्तर्गत उपलब्ध हुने यो फिचरअन्तर्गत प्रयोगकर्ताले मोबाइलको क्यामेरालाई कुनै वस्तुको अगाडि राख्दा जेमिनाईले उक्त वस्तुको विषयमा तुरुन्तै जानकारी प्रदान गर्नेछ ।

उदाहरणका लागि, यदि तपाईंलाई कुनै वस्तुको बारेमा जानकारी चाहिएको छ भने मोबाइलको क्यामेरा अन गरेर सो वस्तुको अगाडि राख्नुपर्नेछ र जेमिनाईले तत्कालै उक्त वस्तुबारे जानकारी दिनेछ ।

गुगलले 'शेयर स्क्रिन विथ लाइभ' पनि ल्याउने तयारी गरेको छ । रेडिटका केही प्रयोगकर्ताले साओमी फोनमा यो फिचर आएको दाबी गरेका छन् । यस फिचरको माध्यमबाट प्रयोगकर्ताले जेमिनाई लाइभसँग मोबाइलको स्क्रिन शेयर गरेर सोधिएको प्रश्नको जवाफ प्राप्त गर्न सक्नेछन् ।

यी फिचरहरू कहिलेदेखि सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।

पछिल्लो अध्यावधिक: चैत ११, २०८१ १४:२२