टेकपाना
चैत ११, २०८१ १८:४
काठमाडौं । एयरलाइन्स कम्पनी बुद्ध एयरको अनलाइन टिकेटिङ सफ्टवेयर ह्याक गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका बस्दै आएका मोरङका ४५ वर्षीय विकास भारती र गोरखाका ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार सफ्टवेयर ह्याकको आरोपमा उनीहरूलाई गौशालाबाट नियन्त्रणमा लिएको हो ।
आरोपी भारती र अधिकारीउपर विद्युतीय कारोबार ऐन २०६३, अन्तर्गतको कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
पछिल्लो अध्यावधिक: चैत १२, २०८१ ११:१२