काठमाडौं । अब आईईएलटीएस (IELTS) परीक्षा मिति बुक गर्न काठमाडौं धाउनुपर्ने झन्झट हट्ने भएको छ । ‘मेरो टेस्ट’ एपमार्फत परीक्षार्थीले मोबाइलबाटै सहज रूपमा परीक्षा मिति बुकिङ गर्न सक्ने भएका हुन् ।
मेरो टेस्ट एपमार्फत आईईएलटीएस परीक्षा बुकिङ गर्न, परीक्षा मिति परिवर्तन (reschedule) गर्न तथा नतिजा प्राप्त गर्न सकिनुका साथै परीक्षाको हार्डकपी प्रमाणपत्र आवश्यक परेमा परीक्षार्थीको घरमै डेलिभरी गर्ने व्यवस्था मिलाइएको छ ।
यसरी गर्नुहोस् परीक्षा मिति बुकिङ
‘Mero Test’ एप डाउनलोड गरी साइन अप गर्नुहोस् ।
होमस्क्रिनमा रहेको ‘आईईएलटीएस’ विकल्पमा गएर ‘बुक नाउ’ मा ट्याप गर्नुहोस् ।
ब्रिटिश काउन्सिल वा आईडीपी प्रदायक मध्ये उपयुक्त विकल्प चयन गर्नुहोस् ।
परीक्षा दिन चाहेको सहर र उपलब्ध मिति छान्नुहोस् ।
इसेवा, फोनपे जस्ता डिजिटल माध्यमबाट शुल्क भुक्तानी गरी दर्ता प्रक्रिया पूरा गर्नुहोस् ।
यसका साथै परीक्षासम्बन्धी जानकारी तथा करियर परामर्शका लागि सिधै ‘मेरो टेस्ट’ एडमिनसँग सम्पर्क गर्न सकिने सुविधा रहेको छ । त्यस्तै पुनः परीक्षा दिने परीक्षार्थीका लागि सधैं ५०० रुपैयाँ छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।