पोखरा । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा जारी वाडा अटो शो २०२५ मा आकर्षक अफरसहित विद्युतीय सवारीसाधन प्रदर्शन गरेको छ । चैत १४ देखि १७ सम्म पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन हुने अटो शोमा बीवाईडीले डल्फिन, एट्टो थ्री र एम सिक्स मोडेलका गाडीहरू प्रदर्शनमा राखेको छ ।
बीवाईडीले अटो शोमा विद्युतीय गाडी किन्ने ग्राहकका लागि सीमित समयका लागि विशेष अफर ल्याएको छ । यसअन्तर्गत ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट, १० वर्ष वा दुई लाख किलोमिटर वारेन्टी, एक वर्ष फ्रि इन्स्योरेन्स, एक वर्ष रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्रि एसेसरिज र फ्रि होम चार्जर पाउनेछन् ।
कम्पनीका अनुसार, बीवाईडी डल्फिन सुरक्षित र स्मार्ट पारिवारिक कारको रूपमा परिचित छ भने एट्टो थ्री नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी र एम सिक्स नेपालको पहिलो प्रिमियम सेभेन-सिटर इलेक्ट्रिक एमपीभी हो । यी गाडीहरूले शून्य उत्सर्जनयुक्त ड्राइभिङको फाइदा र प्रिमियम कम्फर्ट प्रदान गर्ने कम्पनीको दाबी छ ।
बीवाईडीले नेपालभर विद्युतीय सवारीसाधनको प्रयोग बढाउने लक्ष्य राखेको छ । कम्पनीले पोखरा र पश्चिमाञ्चल क्षेत्रमा दिगो यातायात समाधानका साथ आफ्नो उपस्थिति बलियो बनाउने योजना बनाएको छ ।
वाडा अटो शो २०२५ का अवलोकनकर्ताले बीवाईडीका अत्याधुनिक विद्युतीय गाडीहरूका साथै नवीनतम प्रविधि र यसका लागि आवश्यक फाइनान्सिङ तथा सेवाबारे जानकारी लिन सक्नेछन् ।