close

फेसबुकमा फेक आईडी बनाएर राजवादी पोस्ट गरेपछि मेयर गोपी हमालको आपत्ति

टेकपाना टेकपाना

चैत १५, २०८१ २२:३१

फेसबुकमा फेक आईडी बनाएर राजवादी पोस्ट गरेपछि मेयर गोपी हमालको आपत्ति

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले आफ्नो नाम र फोटो दुरुपयोग गरी नक्कली फेसबुक पेजमार्फत अनावश्यक पोस्ट भइरहेको भन्दै कानुनी कारबाहीको माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै मेयर हमालले यस्तो कार्यमा सलग्नलाई कानुनी कठघरामा ल्याउन अनुरोध गरेका हुन् ।

उनले लेखेका छन्, “मेरो नाम गोपी हमाल र फोटो प्रयोग गरी कसैले फेक आइडी बनाई अनावश्यक पोस्ट गरिरहेको र पहिले मेरो फोटो नै प्रोफाइल फोटो बनाएर चलाएको भन्ने विषय मलाई विभिन्न साथीहरुले फोन गरेर यस बारेमा जानकारी दिनुभयो । त्यो आईडी मेरो नभएको सम्पूर्णलाई जानकारी गराउँदछु । साथै यसरी फेक आईडी बनाई अनावश्यक पोस्ट गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूलाई हार्दिक अनुरोध गर्दछु ।”

मेयर हमालको नाममा खोलिएको नक्कली फेसबुक पेजमा प्राय: राजतन्त्र तथा हिन्दु धर्मसम्बन्धी पोस्टहरू गरिएका छन् । उनले यस विषयमा साइबर ब्युरो लगायत सम्बन्धित निकायलाई जानकारी गराउने तयारी गरेको बुझिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १५, २०८१ २२:३६