काठमाडौं । नेपालस्थित स्काईवेल ईभीको आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले ‘ड्राइभ स्काइवेल २०२५ नेपाल टु युरोप’ नामक नयाँ स्किम घोषणा गरेको छ । यस स्किमअन्तर्गत ग्राहकले स्काइवेल ईभी खरिद गर्दा वा ड्राइभ टेस्ट गर्दा युरोप टुरको प्याकेज पाउन सक्नेछन् ।
जी मोटर्सले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यो स्किमबारे जानकारी दिएको हो । स्किममा छनोट भएका सहभागीले सात दिने युरोप टुर प्याकेज पाउनेछन् । जसमा फ्रान्समा ड्राइभिङ टुरदेखि टेस्ट ड्राइभसम्मका गतिविधिमा सहभागी हुन पाइनेछ ।
यस योजनाअन्तर्गत स्काईवेल बीई ११ र स्काईवेल ईटी फाइभ खरिद गर्ने ग्राहकले आफ्नो जोडीसहित युरोप भ्रमणको मौका पाउनेछन् । साथै स्काईवेलका जुनसुकै एसयुभी खरिदकर्ताले आफ्नो जोडीसहित यो योजनामा भाग लिनसक्ने बताइएको छ ।
त्यतिमात्र नभई सन् २०२५ मोडलको जुनसुकै भेरियन्ट टेस्ट ड्राइभ गर्ने ग्राहक यस योजनामा सहभागी हुन सक्नेछन् । टेस्ट ड्राइभमा सहभागी हुने ग्राहकले आफ्नो अनुभव सामाजिक सञ्जालमा #TestDriveSkywell र #DriveSkywellNepalToEurope ह्यासट्याग प्रयोग गरी शेयर गर्नुपर्नेछ । यसरी शेयर गर्नेमध्ये दुई जना (एक महिला र एक पुरुष) ले समेत युरोप टुरको अवसर र युरोपमै स्काईवेल ड्राइभको मौका पाउनेछन् ।
नेपाली बजारमा स्काईवेलका ईटी फाइभको मूल्य एक करोड १५ लाख र बीई ११ को मूल्य ७९ लाख ९० हजारदेखि ८९ लाख ९० हजारसम्म रहेको छ । यी दुवै मोडेल फुल साइज एसयूभी हुन् ।
जी मोटर्सले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरामा बिक्री कक्षहरू सञ्चालनमा छन् ।