close

गुगल डक्समा तपाईँले लेखेको कुराबाटै अब एआई पोडकास्ट तयार हुने

टेकपाना टेकपाना

चैत २८, २०८१ १०:३४

गुगल डक्समा तपाईँले लेखेको कुराबाटै अब एआई पोडकास्ट तयार हुने

काठमाडौँ । गुगलले आफ्नो वर्कस्पेस एपहरूमा नयाँ एआई फिचरहरू उपलब्ध गराउने भएको छ । यसअन्तर्गत अब प्रयोगकर्ताले गुगल डक्समा नोटबुकएलएम शैलीको एआई पोडकास्ट तयार पार्न सक्ने भएका छन् । यो फिचरमा दुई जना एआई होस्टले तपाईंको लेखको मुख्य बुँदाहरूमा संवाद गर्ने बताइएको छ ।

यसअघि नोटबुकएलएम र जेमिनाई  एपमा सीमित रूपमा यस्तो फिचर उपलब्ध थियो । अब यो फिचर डक्समा समेत एकीकृत हुने भएको छ ।

त्यस्तै वर्कस्पेस प्रयोगकर्ताले गुगल डक्समै एआईले लेख पढ्ने, मुख्य अंश सुनाउने र ‘Help me refine’ जस्ता सम्पादन सहयोग सुविधा पाउनेछन् । यसबाट प्रयोगकर्ताले लेखको गुणस्तर सुधार गर्न एआईमार्फत सुझाव पाउनेछन् ।

यसैगरी गुगल शिट्समा समेत ‘Help me analyze’ नामक फिचर थपिने भएको छ । यसले डेटा विश्लेषण, ट्रेन्ड पहिचान र प्रारम्भिक सुझावहरू प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार यो सुविधा २०२५ को अन्त्यतिर मात्र प्रयोग गर्न सकिनेछ ।

गुगलले सबै फिचरहरू जेमिनाई एआई सिस्टममार्फत सञ्चालन हुने जानकारी दिएको छ । 

पछिल्लो अध्यावधिक: चैत २८, २०८१ १०:३८