काठमाडौँ । चिनियाँ ईभी ब्रान्ड जेइकोले नेपाली बजारमा नयाँ एसयूभी ‘जे फाइभ’ भित्र्याउने तयारी गरेको छ । नेपालका लागि ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले यो मोडेल सार्वजनिक गर्न लागेको हो ।
अफरोड तथा एडभेन्चर राइडिङका लागि डिजाइन गरिएको जे फाइभमा आधुनिक फिचरहरू राखिएको कम्पनीले जनाएको छ । यो गाडीको एक्स्टेरियर (बाहिरी आवरण) को डिजाइन प्रकृतिबाट प्रेरित छ ।
पाँच फरक रंगमा उपलब्ध हुने गाडीमा अफरोड, मड, स्नो, स्पोर्ट, इको र नर्मल गरी ६ फरक ड्राइभिङ मोड छन् । यात्राको सहजताका लागि ५४० डिग्रीको पानारोमिक रुफ दिइएको छ भने ७५ केजीसम्मको लोड गाडीको छानोमा राख्न सकिनेछ ।
गाडीमा १३२० एमएम चौडाइ भएका सिटहरूसहित प्रशस्त स्पेस उपलब्ध छ । ४८० लिटरको स्ट्यान्डर्ड ट्रङ्क स्पेस रहेको गाडीको स्पेस ११८० लिटरसम्म बढाउन सकिन्छ । साथै यसले १२५० केजीसम्मको ट्रेलर तान्न सक्ने क्षमता राख्दछ ।
कम्पनीले जे फाइभलाई आउटडोर अफरोड राइडरहरूका साथै ‘पेट फ्रेन्ड्ली’ एसयूभीको रूपमा प्रस्तुत गरेको छ ।
यो मोडेलको मूल्य र उपलब्ध मिति चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
मुख्य विशेषताहरू:
- २०८ किलोवाटको मोटर, जसले २८३ पीएस पावर र ३८५ एनएम टर्क दिन्छ
- ६९.८ किलोवाट आवरको लिथियम आयन ब्याट्री
- एक पटकको चार्जमा ५०१ किलोमिटर सम्म यात्रा गर्न सकिने
- १३.२ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन
- ३६० डिग्री क्यामेरा
- यात्रुहरूको सुरक्षाको लागि ६ एयरब्याग
- सामान राख्न र निकाल्न सजिलोका लागि इलेक्ट्रिक टेलगेट
- प्यानोरामिक सनरूफ
- आरामदायी सिटका लागि ड्युअल-टोन लेदर अपहोल्स्ट्री