काठमाडौँ । दक्षिण एसियाका युवा प्रतिभालाई ई-कमर्स क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्यले दराजले ‘दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५’ को आवेदन खुला गरेको छ ।
नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन हुने यो कार्यक्रमले भविष्यका नेतृत्वदायी क्षमता भएका स्थानीय प्रतिभालाई पहिचान गरी ई-कमर्स क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
१५ महिनाको घुम्ती प्रशिक्षण कार्यक्रममा सहभागीले कम्पनीका मुख्य विभागहरूमा प्रशिक्षण लिने अवसर पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विज्ञ तथा अनुवभि व्यक्तिहरूको मार्गदर्शनमा सहभागीले स्थानीय र अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर पाउनेछन् ।
स्नातक सकेका, शैक्षिक उत्कृष्टता र विश्लेषणात्मक क्षमता भएका युवाले यो कार्यक्रममा आवेदन दिन सक्नेछन् ।
आवेदन ८ वैशाखदेखि १४ दिनसम्म खुला रहनेछ । इच्छुक उम्मेदवारले दराजको वेबसाइटमा रहेको ‘करियर’ पेजमार्फत आवेदन दिन सक्नेछन् । विभिन्न चरणको छनोट प्रक्रियाबाट योग्य युवा छनोट गरी उनीहरूलाई प्रविधि निर्भर वातावरणमा आवश्यक सीप र अनुभव प्रदान गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीले दराजभित्र नेतृत्वदायी भूमिकामा दीर्घकालीन करियर विकासको अवसर पाउनेछन् । साथै, उत्कृष्ट प्रदर्शन गर्ने उम्मेदवारलाई उचित पारिश्रमिक र पुरस्कारबाट सम्मान गरिने कम्पनीले जनाएको छ ।
दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।