close

एसईई दिएका विद्यार्थीलाई आईटी कोर्समा २४ प्रतिशत छुट दिँदै ब्रोडवे इन्फोसिस

टेकपाना टेकपाना

बैशाख ४, २०८२ १२:३२

एसईई दिएका विद्यार्थीलाई आईटी कोर्समा २४ प्रतिशत छुट दिँदै ब्रोडवे इन्फोसिस

 

काठमाडौँ । एसईई परीक्षा दिएर खाली समय बसेका विद्यार्थीका लागि आईटी तालिम प्रदायक ब्रोडवे इन्फोसिसले विशेष छुट घोषणा गरेको छ ।

काठमाडौँ तीनकुनेमा रहेको यस संस्थाले विद्यार्थीहरूका लागि आईटी तालिम कोर्समा २४ प्रतिशत छुट दिने भएको हो ।

खाली समयको सदुपयोग गरी विद्यार्थीलाई आईटी सीप सिकाइ भविष्यका लागि तयारी गराउने उद्देश्यले छुट दिइएको ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार यो अफर आउँदै १५ वैशाखसम्म लागु हुनेछ । यसअन्तर्गत एआई, साइबर सेक्युरिटी, प्रोग्रामिङ, डिजिटल मार्केटिङ लगायतका कोर्समा छुट मिल्नेछ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १२:३२