काठमाडौँ । इन्टरनेट सेवाप्रदायक सीजी कम्युनिकेसन्स लिमिटेड (सीजी नेट) ले नयाँ वर्ष २०८२ को अवसरमा विशेष छुट अफरसहित ‘महा धमाका’ योजना सार्वजनिक गरेको छ ।
नयाँ तथा पुराना दुवै ग्राहकलाई लक्षित गरी आएको यो अफर अनुसार ग्राहकले इन्टरनेट वा इन्टरनेट प्लस नेटटिभी जडान गर्दा दुई हजार ८२ रुपैयाँ छुट पाउनेछन् । तर, यो अफर वार्षिक प्याकेजमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, योजना अवधिभर ‘स्पिन एन्ड विन’ गेममार्फत ग्राहकले एक महिनासम्म नि:शुल्क इन्टरनेट सेवा समेत जित्न सक्नेछन् ।
खेलमा भाग लिन सीजी नेटको वेबसाइटमा गई मोबाइल नम्बर र युजरनेम राखेर सहभागी हुनुपर्नेछ । कम्पनीका अनुसार सहभागीले न्यूनतम १० दिनदेखि अधिकतम ३० दिनसम्म निशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने मौका पाउनेछन् ।
कम्पनीले कर्पोरेट ग्राहकका लागि समेत छुट अफर ल्याएको छ । अफर अनुसार अफिस प्याकेजमा २०.८२ प्रतिशत छुट प्रदान गरिनेछ ।
सीजी नेटको नयाँ वर्ष अफर आउँदो वैशाख ३१ गतेसम्म मात्र लागु हुनेछ ।