काठमाडौँ । हाम्रोपात्रोको ‘फर यु’ फिडमा अब भिडिओ पनि देखिने भएको छ । कम्पनीले नयाँ पाइलट प्रोग्राम अन्तर्गत हालै ‘फर यु’ सेक्सनमा भिडिओ राख्न सुरु गरेको हो ।
यसअघि उक्त फिडमा समाचार, डिजिटल पोस्टर, रोचक प्रसङ्ग र अन्तरक्रियात्मक प्रश्न देखिन्थ्यो । ‘फर यु’ सेक्सनको फिडलाई थप आकर्षक बनाउने उद्देश्यसहित कम्पनीले छोटा भिडिओ राख्न थालेको हाम्रोपात्रो फिनटेक अपरेटरकी निर्देशक सुदिना गौतमले जानकारी दिइन् ।
उनका अनुसार अहिले हाम्रोपात्रो आफैँले क्रियटरका भिडिओ राख्न थालेको छ । आफ्नो भिडिओ हाम्रोपात्रोको ‘फर यु’ पेजमा राख्न चाहने क्रियटरले ‘[email protected]’ वा ‘[email protected]’ मा ईमेल पठाउन सक्नेछन् ।
“अहिले हामीले छानेर क्रियटरका भिडिओ राखिरहेका छौं । विस्तारै क्रियटर आफैँले अपलोड गर्न सक्ने एक्सेस दिन्छौं,” गौतमले भनिन् ।
प्रयोगकर्ताले हाम्रोपात्रो एप खोलेर दायाँपट्टि रहेको ‘फर यु’ (For You) सेक्सनमा गई भिडिओ हेर्न सक्नेछन् । वेबबाटै हाम्रोपात्रोको फर यु पेज हेर्न यहाँ क्लिक गर्नुहोस् ।