close

३५ हजार मूल्यमा नेपाल भित्रियो ‘सीएमएफ फोन टु प्रो’

टेकपाना टेकपाना

जेठ ६, २०८२ १३:१०

३५ हजार मूल्यमा नेपाल भित्रियो ‘सीएमएफ फोन टु प्रो’

काठमाडौँ । नेपाली बजारमा आधिकारिक रूपमा ‘सीएमएफ फोन टु प्रो’ उपलब्ध भएको छ । नथिङ कम्पनीले दुई स्टोरेज भेरियन्टमा यो मोडेलको बिक्री सुरु गरेको हो ।

८ जीबी र्‍यामसहित १२८ जीबी स्टोरेज क्षमताको मोडेलको मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज क्षमताको मोडेलको मूल्य ३९ हजार ४९९ रुपैयाँ रहेको छ ।

यसअघि खुलेको प्रि-बुकिङ ग्राहकको अत्यधिक मागका कारण एक घण्टामै बन्द भएको कम्पनीले जनाएको छ । ‘वन्डरफुल बाइ डिजाइन’ नारासहित प्रस्तुत गरिएको यो फोन आकर्षक डिजाइन, उच्च स्टोरेज र मूल्य–गुणस्तरको सन्तुलनमा आधारित रहेको कम्पनीको दाबी छ ।

स्मार्टफोनसँगै कम्पनीले सीएमएफ बड्स सिरिज अन्तर्गत नयाँ इयरबड्स मोडल उपलब्ध गराएको छ । यसअन्तर्गत सीएमएफ बड्स २ को मूल्य ७ हजार ४९९ रुपैयाँ, सीएमएफ बड्स २ प्लसको मूल्य ८ हजार ९९९ रुपैयाँ र सीएमएफ बड्स २ए को मूल्य ६ हजार ४९९ रुपैयाँ तोकिएको छ । 

पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १३:४८