काठमाडौँ । विभिन्न ७३ इन्टरनेट सेवा प्रदायकले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष रकम नतिरेको पाइएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले राज्यलाई तिर्नुपर्ने राजस्व नतिर्ने सेवा प्रदायकको सूची सार्वजनिक गरेको छ ।
यी सेवा प्रदायकहरूले विगत केही वर्षदेखि सरकार र प्राधिकरणमा अनिवार्य रूपमा बुझाउनु पर्ने लेखापरीक्षण प्रतिवेदन, रोयल्टी रकम तथा कोष वापतको रकम तोकिएको समयमा नबुझाएको सूचनामा उल्लेख छ । पटक-पटक पत्राचार, ईमेल र सूचना मार्फत जानकारी गराउँदा समेत ती कम्पनीहरूले अहिलेसम्म बक्यौता रकमसहित विवरण नबुझाएपछि प्राधिकरणले १५ दिनको अल्टिमेटम दिएको हो ।
यस अवधिमा पनि विवरण नबुझाए दूरसञ्चार ऐन, २०५३ बमोजिम लाइसेन्स खारेजीसम्मको कारबाही हुनसक्ने प्राधिकरणले चेतावनी दिएको छ ।
रोयल्टी तथा आरटीडीएफ शुल्क दाखिला नगर्ने सेवाप्रदायकहरू