close

जोमसोममा ईभी चार्जिङ स्टेसन

टेकपाना टेकपाना

जेठ १२, २०८२ २०:३८

जोमसोममा ईभी चार्जिङ स्टेसन

काठमाडौँ । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा ईभी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । कम्पनीले जोमसोममा सीसीएसटु (CCS2) प्रविधिमा आधारित ईभी चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको हो ।

"जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन एउटा इन्जिनियरिङ उपलब्धिमात्रै नभई नेपालमा ईभी विकासको महत्त्वपूर्ण सुरुआत पनि हो," कम्पनीले भनेको छ, "अब यस्तो उचाइमा पनि CCS2 चार्जिङ सुविधा उपलब्ध भएकाले ईभी प्रयोगकर्ताहरूले सुरक्षित यात्रा गर्न सक्नेछन् र हरित नेपाल निर्माणमा योगदान दिन सक्नेछन् ।" 

एमएडब्लू वृद्धिले हालसम्म नेपालभर ११६ स्थानमा सीसीएसटु चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याइसकेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ २०:३८