close

इन्टरनेट सेवा प्रदायक चेरी वर्ल्ड कम्युनिकेसनको लाइसेन्स खारेज

टेकपाना टेकपाना

जेठ १३, २०८२ ८:२९

इन्टरनेट सेवा प्रदायक चेरी वर्ल्ड कम्युनिकेसनको लाइसेन्स खारेज

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक चेरी वर्ल्ड कम्युनिकेसन प्रालिको सञ्चालन अनुमति प्राप्त (लाइसेन्स) खारेज भएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मङ्गलबार एक सूचना सार्वजनिक गर्दै चेरी वर्ल्डको इन्टरनेट (ईमेल सहित) सेवा सञ्चालन अनुमति पत्र खारेज भएको जानकारी दिएको हो ।

नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेश नगरेकोले दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम गएको २९ वैशाखदेखि अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले उल्लेख गरेको छ ।

चेरी वर्ल्डले नियमानुसार तिर्न/बुझाउनुपर्ने रकमका सम्बन्धमा एक महिनाभित्र दूरसञ्चार प्राधिकरणमा अनुमतिपत्र व्यवस्थापन शाखामा सम्पर्क गर्न सूचित गरिएको छ । अन्यथा, प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ ८:४५